adv

नेपाल प्रज्ञाप्रतिष्ठानको कूलपतिमा भूपाल राई नियुक्त

३ फागुन,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाला प्रचण्डले प्रज्ञाप्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानको कूलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकूलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । भाेलि बिहान कूलपतिकाे सपथ ग्रहण हुनेछ । त्यस्तै, सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु