४ फागुन, दमक ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सरोकारवालाहरुबीच जिम्मेवारी फरक भए पनि सबैको उद्देश्य सेवा नैभएको बताएका छन ।
बुधबार दमक नगरपालिका नगर कार्यपालिकाको आयोजना रहेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै झापा जिल्लाकाप्रजिअ पोखरेलले सबैसँग मिलेर संस्थागत रूपमा समन्वय गरी नागरिकलाई सेवा दिने प्रतिवद्धता व्यक्त गरेका हुन ।
गृह मन्त्रालयवाट सरुवा भई गत माघ १३ गते झापा आएका पोखरेलले कार्यक्रममा बोल्दै नागरिकको सेवालाई सहज कायम गर्नेबताए ।
कार्यक्रमका अध्यक्ष तथा दमक नगर प्रमुख राम थापाले आफनो विभिन्न मतभेद भए पनि दमकको बिकासमा सबै एक हुने जिकिर गरे।
झापा भित्रका सरकारी निकायमा सरुवा भै आएका नयाँ कार्यालय प्रमुखलाई स्वागत गरी नगरवासीका हरेक काम गर्न सजिलो होसभनेर दमकमा स्वागत गरेको प्रमुख थापाको भनाइ थियो ।
कार्यक्रममा प्रजिअ पोखरेल, जिल्ला प्रहरी कार्यालय झापा प्रहरी प्रमुख एसपी दुर्गा रेग्मी, राष्ट्रिय अनुसन्धान कार्यालय झापाकाप्रमुख तुलसी प्रसाई ,सशस्त्र प्रहरी बल नेपाल नम्वर ३८ रिजर्व गण कमलका प्रमुख एसपी महेश केसी, इलाका प्रशासन कार्यालयदमकका प्रमुख महेश राज तिम्सिना र इलाका प्रहरी कार्यालय दमकको प्रमुख डिएसपी मनोज कुमार लामालाई औपचारिक स्वागतगरिएको थियो ।
सोही कार्यक्रममा गत माघ ६ गते भएको दमक उधोग वाणिज्य संघको निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष गोपाल गुरागाईं नेतृत्वकोकार्यसमिति र केही साता अघि भएको साथी भाइ समूह दमकको अधिवेशनबाट अध्यक्ष गंगा सिटौलाको नेतृत्वमा चयन भएको कार्यसमितिलाई समेत स्वागत गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं, नगरपालिकाकै सामाजिक विकास समिति संयोजक शारदा सापकोटा,वाणिज्यसंघका अध्यक्ष गुरागाई लगायतले
बोलेका थिए ।


