adv

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

५,फागुन बिर्तामोड । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।

दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरे । महोत्सवमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको समेत व्यावसायिक स्टलहरु रहेका छन् ।

आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, प्रदेश नम्बर १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, संविधानसभा सदस्य मनकुमार गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, कमला श्रेष्ठ, नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेबे, नेकपा एमालेका नेता छविलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महोत्सवका विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुन कुमार मैनाली र सञ्चारकर्मीद्वय केशव भट्टराई तथा लीला अनमोलले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु