adv

बिर्तामोड महोत्सव :निशान भट्टराई र भाईबर साइमनले स्टेज तताए


६ फागुन,बिर्तामोड ।
बिर्तामोड अन्तरास्ट्रिय महोत्सव २०७९ फागुन ५ गते उद्घाटन कार्यक्रमको पहिलो सास्कृतिक कार्यक्रममा कलाकारहरु निशान्त भट्टराई,र्यापर भाइबर साइमन ,गायक तथा कार्यक्रम प्रस्तोता रमेश श्रेष्ठको प्रस्तुति रहेको थियो ।

करिब ७ बजे बाट सुरु भएको कार्यक्रममा स्थानिय गायक स्लोक ले र्याप गाएर कार्यक्रमको सुरुवात गरेका थिए।रमेश श्रेष्ठ म्यालोडिले लोक गित (लै बरि लै ) हाम्रो मायासुपरहिट बोलको गित ,टिकटकले बनायो सर्लक्क , साझ परेपछी खान मन लाग्छ च्वास्स च्वास्स बोलको गित गाएर मनोरञ्जन दिनु भएको थियो भने बिचमा स्थानिय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

तेस्रो प्रस्तुति निशान भट्टराईको रहेको थियो। निशान भट्टराइ स्टेजमा आउना साथ महाेत्सवको माहोल अत्यन्तै रमाइलो बनेको थियो। उद्घाटनको पहिलो दिन भएता पनि साझको माहोल भने दर्शकको राम्रो आगमनरहेको थियो।

निशान भट्टराईले भिजिट भिसामा बोलको गित आएर सुरुवात गरेका थिए उहाले गाउन सुरुवात गरे बाट मेलाको माहोल तातेको थियो।दर्शकहरुको हुटिङ्गले मेलाको माहोल झकिझकाउ र रमाइलो भएको थियो ।तेस्तै अर्को गित घडी (भित्र सुइ आखिर कुरा उहीँ जस्ता सुपरहिट गाएका थिए।अन्तिम प्रस्तुति भाइबर साइमनले र्याप गाएर आजको साड्ंगितीक कार्यक्रम सक्किएको थियो।

कलाकारहरुलाइ स्वागत सम्मान बिर्तामोड उध्योग बाणिज्य संघका महासचिब अर्जुन मैनालीले गरेका थिए भने कार्यक्रमको संचालन लिला अनमोल र भुमिका लिम्बू फियाकले गरेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु