७ फागुन, काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आफ्नो निर्वाचन क्षेत्रमा बन्न लागेको सिंघिया खोलाको पुल निर्माणकार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन ।
२०७४ सालको चुनावको समयमा नै बुढीगंगा र ग्रामथान गाउँपालिकाको सीमानामा निर्माणधीन सिंघिया खोला
पुल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका मन्त्री मोदीले दोस्रो पटक निर्वाचित भएर मन्त्री बनेपछि पुलको काम तत्काल अघि बढाउननिर्देशन दिएका हुन ।
२०५८ सालमा शिलान्यास भए पनि निर्माण हुन नसकेको सो
निर्माणधीन पुलको मन्त्री मोदीले निरीक्षण समेत गरेका हुन ।
आइतबार बिहान निरीक्षणका लागि पुगेका उनले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।
“यो पुल यहाँको लागि अत्यन्त आवश्यक पुल हो । मैले दुइपटक चुनाव जितिसकेँ, तर यो पुल बनेको छैन । मैले चुनावमा यो पुलजसैगरी बनाउँछु भनेर जनताको बीचमा कसम खाएको छु, अब ढिलाइ नहोस ।‘
पुल निर्माणको काम अब यही चालु आर्थिक वर्षमा सम्पन्न हुने बताइएको छ । मन्त्री मोदीको तदारुकताबाट पुल बन्ने भएपछिस्थानीय खुसी बनेका छन् ।
स्थानीय चनदन चौधरीले भने -‘माननीय र नेता धेरै देख्यौँ, तर मन्त्री मोदीजस्तो बोलीमा पक्का नेता अरु कोही रहेनछ, उहाँलेचुनावमा बोलेको कुरा पूरा गर्नुभएको छ ।‘
सूय शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई ६० मिटरको रहेको छ ।
१२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सप्पन्न गर्ने निर्माण कम्पनीका दिपेन्द्र कार्कीलेबताएका छन ।


