७ फागुन, दमक ।
सबै दल मिलेर जनआन्दोलन मार्फत गणतन्त्र ल्याए पनि गणतन्त्रको अनुभूति नेपाली जनताले पाउन नसकेको नेकपा एमालेकोकेन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताएकी छन ।
पार्टीको दुई महिने मिसन ग्राउण्ड अभियानको सिलसिलामा पूर्व आएकी उपाध्यक्ष शाक्यले आज आइतबार झापाको दमकमापार्टीको महिला नेत्रीहरुसंगको भेटघाटमा सो कुरा बताएकी हुन ।
जनान्दोलनमा जनतासँग गरेका वाचा पूरा गर्नु पर्ने वेलामा दलहरु नै विवादमा अल्झीएको आरोप लाउँदै शाक्यले दलहरु इमान्दारहुनुपर्नेमा जोड दिएकी थिइन ।
तत्कालिन भूमिगत कालका महिला कार्यकर्ता रअहिलेको पुस्ताका महिला कार्यकर्ता बीच ग्राउण्ड मिसनको जानकारी दिँदै उनलेभूमिगत आन्दोलनको पनि सत्य कथा सुनाएकी थिइन ।
एमालेको मार्गदर्शन सिद्धान्त माक्सवाद लेलिनवाद र जनताको बहुदलीय जनवादलाई अनुशरण गर्दै इमान,त्याग र निष्ठाकोराजनीति गर्ने नेता कार्यकर्ताहरुले जोगाएर पार्टीलाई यहाँसम्म ल्याए पनि अहिले ओझेलमा परेको गुनासो गरिन ।
हिजो कम्युनिष्ट पार्टीका सदस्य आफैले संगठीत सदस्यता शुल्क आफै तिरे पनि अहिले पार्टी संगठनमा विकृति मौलाउन थालेकोकारण सदस्यता नवीकरणमा ठेकेदारी प्रथा बढ्दै गएको शाक्यको आरोप छ ।
उनले भनिन -‘पार्टीमा देखिएको यो विकृति हटाउन प्रत्येक सदस्यले आफनो सदस्यता शुल्क आफै तिर्नु पर्छ ।‘
झापालाई आफनो माइती घर बताउने नेता शाक्यले एमाले केन्द्रीय सदस्य एवम स्वास्थ्य क्षेत्रका व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षितगर्दै विचार दर्शन नबुझेको ब्यक्तिलाई टिपेर नेतृत्वमा ल्याउदा समस्या आएको बताइन ।
‘हिजो दिनमा एमाले राजतन्त्रको विरुद्ध संर्घष गर्ने आज राजा आउ देश बचाउ भन्ने केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीको १ नम्वरप्रदेश कमिटीको ५ गते बसेको बैठकले कारवार्हीको लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।उनलाई कारवार्ही हुन्छ‘,शाक्यले भनिन ।
एमाले केन्द्रीय सदस्य मेनुका काफले,पार्टीको लेखा आयोगको सदस्य लिला कटेल कार्की,महिला नेतृहरु सीता बस्नेत, विष्णु वराललगायतले शेलटरदाताको सहयोग र भूमिगत पार्टी राजनीतिक विषयमा आफनो अनुभवहरु सुनाएका सो कार्यक्रममा स्थानीय अगुवामहिला नेतृहरु सहभागी थिए ।


