९ फागुन, दमक ।
फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने ९ औं फुड फेस्टिबलको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
फेस्टिबल आयोजक संस्था होटल व्यवसायी संघ दमकले दिएको जानकारी अनुसार यस वर्ष सो फेस्टिबल ९ दिनसम्म सञ्चालनहुनेछ ।
फेस्टिबल सम्पन्न गर्न संघका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेको संयोजकत्वमा एक मूल आयोजक समिति गठन गर्नुका एक दर्जनविभिन्न उपसमिति गठन गरि काम भैरहेको छ ।
दमक –७ स्थित पशुहाटको मैदानमा आयोजना गरिने फुड फेस्टिबलमा विभिन्न समुदायका परिकार र पेय पदार्थ र स्थानीय कृषिउत्पादन लगायतका व्यवसायिक स्टलहरु रहने छन् ।
५० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो फेस्टिबलमा ५० लाख बराबरको कारोबार हुने संयोजक भुपेन्द्र न्यौपानेलेबताए ।
फेस्टिबल बारे जानकारी दिने उद्देश्यले गत शुक्रबार संघले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
सो कार्यक्रममा होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतका अग्रज होटल व्यवसायीहरुले यस्ता कार्यक्रमहरुलेपूर्वको पर्यटन प्रवर्द्धनमा टेवा पुरयाँउन बताएका थिए ।
फेस्टिबलका दौरान चर्चित गायिका मेलिना राई, एलिना चौहान,अस्मिता अधिकारी,ज्योति मगर लगायतका कलाकारको समेतप्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
दमकमा विगत ९ वर्षदेखि स्थानीय खाद्य परिकार र पर्यटन प्रवर्द्धनको निम्ति फुड फेस्टिबल हुँदै आएको छ ।