adv

आठराईको हातिखर्कमा आगलागी, १४ घर जले

१२ फागुन, दमक ।


तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको छ ।

शुक्रबार साँझमा भएको आगलागीबाट १४ वटा घर जलेको हो ।

आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले दिएको जानकारी अनुसार साँझबाट आगलागी भइरहेको छ भने आगो निभाउने प्रयास सफल हुन सकेको छैन ।

सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको पालिका अध्यक्ष पाहिमले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीसहित नेपाल प्रहरी, पालिकाको टोली र स्थानीयले आगो निभाउने कोसिस गरे पनि दमकल समयमै पुग्न नसक्दा थप क्षतिको सम्भावना रहेको बताइएको छ ।

नजिकैको वनमा दिउँसोबाट लागेको डढेलो गाउँमा पस्दा आगलागी भएको पालिका स्रोतले जानकारी दिएको छ ।

आठराई ६ का वडा अध्यक्ष कृष्ण बास्कोटाले समयमै आगो निभाउन नसकिए थप घरमा क्षति पुग्न सक्ने बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु