१२ फागनु, दमक ।

सार्वजानिक चासोको सूचना पाउने हक संविधानमा ग्यारेन्टी भएको हुनाले सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले शुक्रबार गौरीगञ्जमा आयोजना गरेको एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
नेपालको संविधान २०७२ को धारा २७ ले सूचनाको हकको ब्यवस्था गरेको हुँदा सर्वसाधारणले सार्वजनिक चासोका सूचना पाउनु पर्नेमा वक्ताहरुले जोड दिए ।
गौरीगञ्ज गाउँपालिकाको सहयोगमा प्रेस चौतारी झापाले गौरीगञ्जभरका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालय र गौरीगञ्ज बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सहभागी गराएर एक दिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै गौरीगञ्ज गा.पा. ३ नम्वर वडाका वडा अध्यक्ष श्रवण गिरीले कार्यालयले गरेका गतिविधि, सार्वजानिक विषयको जानकारी पाउनु लिखित रूपमा कसैले सूचना माग गर्दा सम्वन्धित कार्यालयको सूचना अधिकारीले सूचना उपलब्ध गराउनुपर्ने बताए ।
आफ्नो वडा कार्यालयमा पनि सूचना माग गर्दा उपलब्ध गराउने गिरीले प्रतिवद्धता ब्यक्त गरे ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बोल्दै नेकपा एमाले गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष गोविन्द्र कुँवर, गौरीगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष मखना महतोलगायतले बोलेको थिए ।
कार्यक्रममा सहभागीहरु मध्येबाट छात्र मनिष अधिकारी र छात्रा शुभेच्छा तिम्सिनाले यहाँ सिकेको सूचनाको हक बारेको जानकारीलाई समाजको तल्लो तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
सूचनाको हक सम्वन्धि अन्तरक्रियामा संगठनका झापा उपाध्यक्ष प्रदिप परियारले सहजीकरण गरेका थिए ।
सूचनाको हक र यसको आवश्यकता, सूचना माग गर्न सकिने विषयहरु, सूचनाको हकको प्रयोग र सूचनाको महत्त्व आदि विषयमा भएको अन्तरक्रियामा पालिकाभरका एक क्याम्पस सहित ११ माविका विद्यार्थी सहभागी थिए ।

