कबिध्वज राई। दमक । झापाको दमक नगरपालिकामा बसोबास गरिरहेका युवाहरुको एक समुह आजको ठिक एक वर्ष अघि सामुहिक कामका लागि जुटे । सामुहिक रुपमा सामाजिक काम गर्नका लागि जुटेको समुहको नाम राखियो ‘गुरुटोली’ ।

त्यहि गुरुटोली समुहले आज पहिलो वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा समुहको नाम अंकित केक काटेर मनाइएको थियो भने नयाँ सदस्य द्वय निशान राई र संजिव लिङदमलाई समुहमा स्वागत गरिएको समुहका सचिव आकाश लावतीले जानकारी दिए । साथै मिक्लाजुङ गाउँपालिका पाँचथर निवासी सुशील फियाकलाई आठ हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको सचिव लावतीले बताए ।

वार्षिक उत्सवकै अवसरमा एक विद्यालयमा शैक्षिक सामग्री समेत वितरण गरिने तयारी भइरहेको समुहका अध्यक्ष विशाल देवानले बताए ।
समुहमा अहिले ६० जना सदस्य रहेका छन् । नयाँ सदस्य बन्नका लागि समुहमा सम्पर्क गर्न सकिने अध्यक्ष देवानले बताए । उनले भने- ‘आगामि दिनमा विधिवत रुपमा दर्ता गरेर समुहलाई अघि बढाउनको लागि प्रक्रिया समेत सुरु गरेका छौ’ ।
गरुटोलि गठन पश्चात् धार्मिक तथा पर्यटकीय क्षेत्र अन्धाराजा अन्धारानी सरसफाई, गुरुटोलिसँग जोडिएका बिरामीहरुलाई आर्थिक सहयोग, युवा साथिभाईबीच पुनर्ताजकि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


