१३ फागुन, दमक ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ ।
रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारीदिएका छन ।
शुक्रबार भक्तपुरशित एउटा पिकनिक कार्यक्रममा सहभागी भएकी रहमानलाई अचानक मुटु दुख्न थालेपछि अस्पताल भर्नागरिएकोमा आज शनिबार उनको मृत्यु भएको हो ।
जसपाबाट समानुपातिक सांसद बनेकी उनी झापा भद्रपुर घर भै हाल काठमाडौं बस्दै आएकी थिइन ।


