१४ फागुन, जनकपुर ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट पत्रकारहरको संगठन प्रेस मञ्च नेपालको मधेस प्रदेश अधिवेशन तयारी समिति गठन गरिएको छ ।
मञ्चको मधेस प्रदेश अधिवेशन सम्पन्न गराउन शुक्रबार गठित २१ सदस्यीय अधिवेशन आयोजक समितिको संयोजकमा अमरेन्द्रकुमार यादव चयन भएको छन् ।
त्यस्तै सह–संयोजक रामहृदय यादव, महासचिवमा बन्दना झा, सचिवमा जितेन्द्रकुमार झा र कोषाध्यक्षमा माला राय छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः अर्जुन मण्डल, जितेन्द्रसिंह दनुवार, प्रेम चौहान, अरबिन्दकुमार महतो, राजकुमार पासवान, स्मृति मिश्रा, कुलदिप दासलगायत छन् ।
समितिको सल्लाहकारहरुमा मनोज यादव, श्यामसुन्दर यादव, मुकेश ठाकुर र अशोक दत्त चयन गरिएको आयोजक समितिका संयोजक यादवले जानकारी दिएका छन् ।
भेलाले मधेस प्रदेश अन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुमा तुरुन्त अधिवेशन सम्पन्न गर्दै ३ महिनाभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रेस मञ्च नेपाल संघीय समितिका उपाध्यक्ष मनोज यादवले जानकारी दिएका छन् ।
उनलाई प्रेस मञ्च नेपालको माघ २८ गते सम्पन्न सचिवालय बैठकले मधेस प्रदेशमा संगठन सुदुढीकरणको जिम्मेवारी दिएको छ ।
त्यस्तै प्रदेश नम्बर १ मा उपाध्यक्ष शाहीमान राई, बागमती प्रदेशमा उपाध्यक्ष विजय चाम्लिङ, उपमहासचिव अमरेन्द्रकुमार यादव र कोषाध्यक्ष प्रतिमा चौधरी र लुम्बिनी प्रदेशमा उपाधयक्ष सोना खटिकलाई संगठन सुदृढीकरणको जिम्मेवारी दिइएको छ ।

