adv

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिँदै

१४ फागुन, दमक ।

फोटो : फाइल ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ’जनयुद्धका सहिद’लाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको खुलासा गरेका छन् ।

आइतबार सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो खुलासा गरेका हुन् ।

’जनयुद्धका सहिद’ तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले भने –‘जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको आज स्मृति दिवस पनि हो । वि.सं. २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।’

सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने जिकिर दोहोर्याए ।

सहिद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।

माओवादी केन्द्रले आज फागुन १४ देखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने तयारी गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु