adv

३ दिन थपियो व्यापार महोत्सव

भूमिका फियाक
१४ फागुन, दमक ।


झापाको बिर्तामोडमा सञ्चालित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयमावधि तीन दिन थप गरिएको छ ।

उपभोक्ता र अवलोकनकर्ताको आग्रहलाई स्वीकारेर महोत्सव आयोजक समितिले मेलाको समयावधि तीन दिन थप गर्ने निर्णय गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले जानकारी दिएका हुन् ।

गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।

महोत्सवमा ख्यातीप्राप्त कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको सांगीतिक प्रस्तुति रहने महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले बताए ।

आयोजकका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७ गते दिपक बज्रचार्यले प्रस्तुति दिने छन् भने १८ गते प्रमोद खरेल र गिरिस खतिवडाको प्रस्तुति रहने छ ।

महोत्सवको समयावधि थपका लागि जिल्ला प्रशासन कार्यालय झापा र बिर्तामोड नगरपालिकासँग समन्वय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु