adv

राष्ट्रपति निर्वाचन सफल पार्न ८ दलीय मोर्चाको कार्यदल

१५ फागुन, दमक

फागुन २५ गते सम्पन्न हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक समीकरणमा जुटेका दलले निर्वाचन लक्षितकार्यदल बनाएका छन्।

हिजो आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति निर्वाचन बारे आवश्यक तयारी गर्न कार्यदलगठन गरेको बताइएको

जसपा नेता राजेन्द्र श्रेष्ठले कार्यदल गठन गरिएको बताए

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कार्यदलको संयोजक चुनिएका छन्। हरेक दलबाट जना सदस्य रहने बताइएको

कार्यदलमा नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरूङ, जसपाबाट नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीकामहासचिव बेदुराम भुसाल सदस्य छन्।

त्यस्तै जनमत पार्टीबाट नेता अब्दुल खाँ, लोसपाबाट नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठचौधरी राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी कार्यदल सदस्य रहेका छन्।

कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको जिम्मा लिनुपर्ने भनिएको छ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य प्रदेश सभा सदस्यले मतदान गर्न पाउँछन्।

दलले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदको उम्मेदवार बनाएका छन्। त्यस्तै नेकपा एमालेले उपाध्यक्षसुबासचन्द्र नेम्बाङलाई राष्ट्रपति पदको उम्मेद्वार बनाएको

गत शनिबार नै राष्ट्रपति निर्वाचनका लागि पौडेल नेम्बाङले मनोनयन दर्ता गराइसकेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु