adv

माङसेबुङ गाउँपालिका वडा नं. १ मा ६८ लाख रुपैयाँ लागतमा कूलो निर्माण सुरु

माङसेबुङ । माङसेबुङ गाउँपालिका वडा नं. १ मा ६८ लाख रुपैयाँको लागतमा कूलो निर्माण सुरु भएको छ । गाउँपालिकामा संचालित साना सिचाईं कार्यक्रम अन्तरगत चिउरीबोटे कूलोको मंगलबार माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले सिलन्यास गरेका छन् ।

चिउरीबोटे सिचाईं जल उपभोक्ता संस्थाको आयोनामा जनप्रतिनिधि, उपभोक्ता संस्थाका पदाधिकारी र सदस्य एवम् उपभोक्ताहरुको उपस्थितीमा कूलोको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष राई सहित वडा नम्बर १ का वडाअध्यक्ष भूपाल योङहाङ, गाउँपालिकाका प्राविधिक युवराज दाहाल र साना सिचाईं कार्यक्रमका प्राविधिक नरेश चौधरी लगायतको उपस्थिती थियो । उपभोक्ता संस्थाका अध्यक्ष छत्रबहादुर थापाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको संचालन  सचिव दिलकुमार योङहाङले गरेका थिए ।


वडा नम्बर १ र २ को सीमानामा बग्ने फेवाखोलाबाट पानी ल्याउने गरी करिब तिन हजार मिटर लम्बाईको कूलो निर्माण हुनेछ । जसमध्ये एक हजार तिन सय ७५ मिटर पक्की ढलान गरिने वडा अध्यक्ष योङहाङले जानकारी दिए ।

कूलो निर्माणका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी रहेको छ । सो कूलो निर्माण भएपछि तोमाङका ३१ घरधुरीका किसानहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सो वडामा अन्य तिनवटा कूलो समेत निर्माणाधीन छन् । ४८ लाख रुपैयाँको लागतमा कृषि कूलो, ५३ लाख रुपैयाँको लागतमा सातबिसे कूलो र ४५ लाख रुपैयाँको लागतमा अमले कूलो समेत निर्माणाधीन छ ।

चारवटै कूलो चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी योजना रहेको वडा अध्यक्ष योङहाङले बताए ।
युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायिकरणबाट आय आर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिचाई कार्यक्रम संचालन भईरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु