adv

दमक क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउछौँः अनेरास्ववियु नेता राई

नितेश राई /फोटो: राईको फेसबुकबाट

दमक। अनेरास्वयिुका केद्रिय सदस्य समेत रहेका दमक क्याम्पसका नेता नितेश राईले दमक क्याम्पसलाई त्रिविको सम्वन्धन प्राप्त क्याम्पसबाट स्तरोन्नती गरेर आंगिक क्याम्पस बनाउन पहल गर्ने बताएका छन् । सम्वन्धन प्राप्त क्याम्पसको तुलनामा आंगिक क्याम्पसमा ६० प्रतिशत सस्तो शुल्क पर्ने भन्दै अब अनेरास्ववियुले त्यसको लागि आवश्यक पहलकदमी गर्ने बताएका हुन् ।

अनेरास्ववियु दमक क्याम्पसले आयोजना गरेको सास्कृतिक तथा सम्मान कार्यक्रममा बोल्दै उनले आउदो चैत्र ५ गते हुँने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका उम्मेद्धवारलाई जिताउन आग्रह गरे । अरु विद्यार्थी संगठनले दमक क्याम्पसका विद्यार्थीलाई पटक पटक झुक्याएर विद्यार्थीलाई समस्या पर्दा भागेको भन्दै यो पटकको निर्वाचनमा अखिललाई विस्वास गरेर जिताउन आग्रह गर्दै आफुहरुको मुख्य उदेश्य भनेको नै दमक क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा स्थापित गराउनु रहेको बताए ।

दमक क्याम्पस त्रिभुवन विश्वविद्याललयको आंगिक क्याम्पसको रुपमा स्तरोन्नती भएमा हाल २५ हजार बार्षिक शुल्क तिर्न पर्ने संंकायलाई करिव ८ हजार मात्र तिर्नु पर्ने हुन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु