adv

मेचीनगरमा तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सुरु

१९ फागुन,मेचीनगर । झापाको मेचीनगरमा तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ मेचीनगर वार्ड न: ७ समन्वय परिषद्को आयोजनामा बिहिबारदेखि किरात याक्थुंग चुम्लुंगको भवनमा तालिम सुरु भएको हो ।

तालिममा मेचीनगर वार्ड न : ७ का विभिन्न आदिबासी जनजाति समुदायका ५० जना प्रशिक्षार्थी सहभागी छन् । तालिमको सहजीकरण नेपाल आदिबासी पत्रकार महासंघ झापाका अध्यक्ष भूमिका लिम्बू फियाकले गर्नेछिन् ।

तालिमको उद्घाटन प्रमुख अतिथि,मेचीनगर वडा न: ७ का वडा अध्यक्ष प्रलाह मणि ओलीले गरेका थिए ।

उद्घाटन सत्रमा आदिबासी जनजाती महासंघ वडा न : ८ का अध्यक्ष बिष्णु श्रेष्ठ,मेची सिबियारी आफत सांस्कृतिक संयोजक तथा आदिबासी जनजाति महासंघ मेचीनगरका सह-सचिब पवन मेचे,मुण्डा समुदायका केन्द्रीय सल्लाहकार बन्धन कुमार मुण्डा,नेपाल आदिबासी जनजाती पत्रकार महासंघ झापाका अध्यक्ष भूमिका लिम्बू फियाक,आदिबासी जनजाती महासंघ झापाका सल्लाहकार लाल बहादुर थामी आदिले शुभकाममा मन्तब्य राखेका थिए ।

आदिवासी जनजाती वडा न:७ का अध्यक्ष राम संकर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रकाश आले मगरले गरेका थिए ।

सचिब मिन माया लिम्बूले संचालन गरेको कार्यक्रममा आदिबासी जनजाति महासंघ मेचीनगर वडा न : ८ का अध्यक्ष देबी माया तामांग,निबर्तमान कार्यपालिका सदस्य रुपा गुरुङ,मेचीनगर ७ का न्यायिक समिति सदस्य राज कुमारी राई लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु