adv

माङसेबुङका २ वडामा तालाबन्दी, कोशी प्रदेश खारेजीको आन्दोलनले लियो गति

कमन देवान
२१ फागुन, दमक ।

माङसेबुङको ५ नम्बर वडा कार्यालयमा आन्दोलनकारीले लगाएको ताला ।

‘कोशी प्रदेश’ खारेजीको आन्दोलनले गति लिएसँगै वडाहरुमा तालाबन्दी सुरु भएको छ ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको इलाम माङसेबुङ ५ मा आइतबार आन्दोलनकारीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

त्यस्तै माङसेबुङ वडा नम्बर ३ मा वडा कार्यालयले सञ्चालन गरेको सेवा केन्द्र भञ्जाङमा समेत तालाबन्दी भएको छ ।
माङसेबुङस्थित नागरिक समाज र प्रदेश नम्बर १ लाई पहिचान सहित पुनः नामाकरण अभियान समितिले पहिचानको आधारमा प्रदेशको नामाकरण नगरिएको विरोधमा वडामा तालाबन्दी गरेको जनाएको छ ।

नागरिक समाजका अगुवा मनकुमार आङ्बुहाङले माङसेबुङमा तालाबन्दी सुरु भएको जानकारी दिएका छन् । उनले केही दिनभित्रै माङसेबुङ र माई नगरपालिकाका सबै वडा र कार्यपालिकाहरुमा तालाबन्दी गरिने दावी गरे ।

आइतबार आन्दोलनकारीहरुले माङसेबुङको बुधबारेस्थित यलम्बर चोक र भञ्जाङ वरिपरी मोटरसाइकल र्यालीसहित कोणसभासमेत गरेका छन् ।

आयोजित कोणसभामा अभियानका तर्फबाट केहरसिंह योङहाङ, होम लिङ्देनले बोलेका थिए । त्यस्तै नागरिक समाजको तर्फबाट चनाहाङ शेर्मा र पूर्ण कर्कीढोली, जुनु माखिमलगायतले बोलेका थिए ।

वक्ताहरुले पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण ‘लिम्बुवान किरात’ गर्नुपर्ने माग गर्दै सो माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्किने दावी गरेका थिए । उनीहरुले यस आन्दोलनलाई विस्तार गर्दै प्रदेशव्यापी बनाइने समेत चेतावनी दिए ।

कोशी प्रदेश मान्दैनौं, किरात प्रदेश घोषणा गरे, लिम्बुवान प्रदेश घोषणा गर लगायत नाराबाजीसहित गरएको प्रदर्शनमा ‘कोशी प्रदेश’ लेखिएको कागजसमेत जलाइएको थियो ।

 

इटहरीमा पनि प्रदर्शन

त्यसैगरी आइतबार नै कोशी प्रदेश खारेजीको माग गर्दैै सुनसरीको इटहरीमा प्रदर्शन भएको छ ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले कोशी प्रदेश विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पहिचानको आधारमा लिम्बुवान–किरात प्रदेश नामकरण गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।

पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए ।

प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु