२ चैत, दमक ।
कमल गाउँपालिकाले कृषकहरुलाई सिँचाइको लागि पानी तान्ने मोटर उपलव्ध गराएको छ ।
पालिकाभित्र रहेर व्यवसायिक कृषि गर्ने कृषकहरुलाई सहयोग पुर्याउने उद्देश्यले ६० थान सिँचाइ मोटर प्रदान गरिएको हो ।
कमल गाउँपालिकाको कृषि विकास शाखा प्रमुख महेन्द्र बोहोराले दिएको जानकारी अनुसार गाउँपालिकामा दर्ता भएका टोलविकास संस्थाहरु मध्येबाट प्राप्त ६० वटा निवेदनको आधारमा प्रत्येक टोल विकास संस्थालाई सतप्रतिशत अनुदानमा एक/एक थानसिँचाइ मोटर उपलव्ध गराइएको हो ।
व्यवसायिक कृषि कार्यका लागि सिचाईमा सहयोग पुगोस भन्ने उद्देश्यले सिँचाइ मोटर निःशुल्क प्रदान गरिएको कमलगाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।
सिँचाइ मोटर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने, ७ वटै वडाका वडाअध्यक्ष जनप्रतिनिधि , कर्मचारी, कृषक समूह समितिका अध्यक्ष तथा प्रतिनिधि, टोल विकास सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।