adv

काकरभिट्टा क्याम्पसको स्ववियु निर्वाचन स्थगित,नेविसंघ र अखिलको बिरोध

३ चैत्र,मेचीनगर ।मेचीनगरको काकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी असहज परिस्थितिका कारण तत्कालका लागि निर्वाचनको वातावरण नभएको जनाउँदै चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको बताईएको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अराजक र अर्मायादित गतिविधिका कारण निर्वाचन स्थगित गरिएको हो, झक्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले पत्रकार सम्मेलनमा बताए।

निर्वाचन गराउने नाममा विद्यार्थीहरूबीच झडपको अवस्था देखेर निर्वाचन स्थगित गरियो ,उप्रेतीले भने। क्याम्पसको बोर्ड जलाउने, तोडफोड र आगजनि गर्ने विद्यार्थी समुहको अगुवाई गर्ने दुइ जना विद्यार्थीहरू सन्तोस धमला र सन्देस पौडेललाई तीन महिनासम्म क्याम्पसबाट निलम्बलन गर्ने निर्णय भएको छ ।

यसैबीच स्ववियु निर्वाचन स्थगित गरेसंगै नेपाल विद्यार्थी संघ र नेकपा एस निकट अखिलका विद्यार्थीहरूले बिरोध जनाएका छन । निर्वाचन स्थगित गर्ने जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नै पुगेर नेविसंघ समर्थित विद्यार्थीहरूको समुहले प्रेस विज्ञप्ती कब्जामा लिई च्यातेको छ ।

नेविसंघका झापा अध्यक्ष संजय निरौलाको नेतृत्वमा पत्रकार सम्मेलनमा पुगेको विद्यार्थीहरूले क्याम्पस प्रशासन र निर्वाचन समितिका तर्फबाट पत्रकारलाई वितरण गर्न लागेको प्रेस विज्ञप्ती खाोसेर च्यातेका थिए ।
`चैत ५ गते नै निर्वाचन गर्नु पर्छ,`एमाले अखिलले जे गरे पनि हुन्छ र ? क्याम्पस प्रमुखले एमालेका नेताका रूपमा गतिविधि गरे ।´ अध्यक्ष निरौलाले भने ।

काकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित पत्रकार सम्मेलनकै बिच विद्यार्थीहरूले क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीको राजिनामा समेत माग गर्दै नाराबाजी गरेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु