७ चैत, दमक ।

दमक बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी नेपाल विद्यार्थी संघ सहितको संयुक्त गठबन्धनलेआज मंगलबार विजयी र्याली गरेको छ ।
नेविसंघ नेतृत्वको प्यानलले मंगलबार आयोजना गरेको विजयी र्याली दमक क्याम्पसबाट निस्किएर दमक बजार परिक्रमा गर्दै दमकचोकको आकासे पुलमा आएर कोणसभामा परिणत भएको थियो ।
सभालाई जसपा निकट समाजवादी विद्यार्थी युनियनका इकाई अध्यक्ष आकास लिम्बू, नेकपा एस निकट अनेरास्ववियूका रोशनभण्डारी, नेविसंघका इकाई अध्यक्ष अतीत बान्तावा र नवनिर्वाचित स्ववियू सभापति सबिम न्यौपानेले सम्बोधन गरेका थिए ।
विद्यार्थी राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउने र विद्यार्थीका समस्या समाधानमा लाग्ने भन्दै विद्यार्थी नेताहरुले यो जित समग्र विद्यार्थीको भएको बताएका थिए ।
सोमबार राति १०.४० वजे सम्पन्न अन्तिम मतपरिणाम अनुसार सभापतिमा नेविसंघका सोबिम न्यौपाने विजयी भएका थिए ।
उनले १०४३ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्धन्दी नेकपा एमाले निकट अनेरास्ववियूका सभापति उम्मेद्वार निशेष राईले ९३४ मतप्राप्त गरेका थिए ।
त्यस्तै स्ववियू सचिव पदमा नेविसंघका दिपक लिम्बूले १०५७ मत ल्याई विजयी हुँदा उनका प्रतिद्वन्द्वी अनेरास्वियूका रबिन ढकालले८४१ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा भने अनेरास्ववियू गठबन्धनमा रहेको अखिल क्रान्तिकारीकी उमा राई विजयी भएकी हुन । उनले १०५७ मत पाउँदाउनका प्रतिद्वन्द्वी रबिन अधिकारीले ८५७ मत पाए ।
खुला सदस्यतर्फ भने दुवै प्यानलका ४ र ४ जना विजयी भएका छन् ।
नेविसंघ प्यानलबाट सायन राई (१००४ ), हेमन्त सिटौला (९४८ ) ,सविन गौतम (९६९ ) र हिमांसु जयसवाल (९४७ ) मत ल्याईविजयी भए भने अनेरास्ववियू प्यानलबाट संजय राई (९२३ ), अनिस राई (९४६ ), भिष्महाङ सम्बाहाम्फे (९१९ ) , निसाम अधिकारी ( ९२९ ) विजयी भएका थिए ।
३३ सय ८ मतदाता रहेको सो क्याम्पसमा २ हजार ५२ मत खसेको थियो ।
निर्वाचनमा नेविसंघसहित जसपाको समाजवादी विद्यार्थी युनियन, नेकपा (एकिकृत समाजवादी ) निकट अनेरास्ववियु ,अनेरास्ववियुअखिल छैठौ र नेकपा (विप्लव ) निकटको अनेरास्ववियु (क्रान्तिकारी ) को संयुक्त गठबन्धन थियो भने एमाले अनेरास्ववियूहितमाओवादी निकट अखिल, राप्रपा निकट राप्रविसंगठनवीच गठबन्धन बनेको थियो ।
समानुपातिकम पनि नेविसंघ पहिलो

यसैबीच समानुपातिकतर्फ पनि ६१६ मतका साथ नेविसंघ पहिलो वन्न सफल भएको छ ।
एमाले निकट अनेरास्ववियूले ५१३ मत प्राप्त गरि दोश्रो बनेको छ भने राप्रपा निकट राप्रविसंगठनले ३१६, माओवादी केन्द्र निकटअखिल क्रान्तिकारीले २६९, जसपा निकट समाजवादी विद्यार्थी यूनियनले १६२, नेकपा एस निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी यूनियनले १००,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (छैठौ) ९ मत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (क्रान्तिकारी ) २० मत प्राप्त गरेका हुन । समानुपातिकतर्फ ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
समानुपातिकबाट १० सदस्य निर्वाचित हुनेमा नेविसंघबाट ३, अनेरास्ववियूबाट ३, राप्रपाबाट २, अखिल क्रान्तिकारी १ र समाजवादीविद्यार्थीबाट १ जना जाने पक्का भएको छ ।

