adv

इसाई समाज दमकमा पुन: थुलुङ

७ चैत, दमक ।

दमक
नगर इसाई समाजको अध्यक्षमा पुन: पास्टर आकाश थुलुङ राई (धनकुमार) चयन भएका छन

इसाई समाजको प्रथम साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः थुलुङलाई सर्वसम्मत चयन गरेको हो

झापाको दमकस्थित ज्योति चर्चमा मंगलबार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले समाजको उपाध्यक्षद्वयमा पाष्टर हेमन्तलिम्बू, पाष्टर सन्तोष रणपहेली, सचिवमा पाष्टर अजय पाठक, सहसचिवमा सुरज लिम्बू, कोषाध्यक्षमा एल्डर दिपेन्द्र नेम्बाङलाईचय गरेको

त्यस्तैं, समितिको सदस्यहरुमा पाष्टर मिना भट्टराई (लिम्बू), डिकन धर्मा लिम्बू, डिकन सुधिर बाल्मिकी, पाष्टर जोन चाम्लिङ राई एल्डर धनकुमार धिमाल छन्

यसअघि, साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा अनुग्रह मण्डली धरानका पाष्टर तथा इसाई समाजम अगुवा पाष्टर परशुगुरुङले असल सुकर्मका लागि इसाई समाजले आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका थिए

उनले बाइलबमा सुकर्म गर्नु त्यसको प्रचार गुर्न भन्ने उपदेशलाई समाजमा देखाउन समेत इसाई धर्मावलम्बीहरुलाई आग्रह गरेकाथिए

सभामा रेभ एन डी थुलुङ, पाष्टर किशोर सुनुवार, पाष्टर राजकुमार राई नाछिरिङ, पाष्टर दावा शेर्पा, पाष्टर राजकुमार थुलुङ, पाष्टरप्रकाश थापा, पाष्टर मुक्ति किराती थुलुङ, आमा दिदीबहिनी संगतिका अध्यक्ष रोजी शेर्पा, युवा संगति दमकका अध्यक्ष सुरज लिम्बूलगायतको उपस्थिती थियो

संस्थाका सचिव पाष्टर कुमार तामाङको सञ्चालन, उपाध्यक्ष पाष्टर हेमन्त लिम्बूको स्वागत मन्तव्य रहेको कार्यक्रमको अवसरमापाष्टर किशोर सुनुवारले उद्घाटन समापनमा रेभ एन डी थुलुङले प्रार्थना गराएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु