adv

काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा तामाङ निर्वाचित

११ चैत,मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा विशाल तामाङ निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न निर्वाचनले नेवि संघबाट अध्यक्ष पदमाा उमेद्वारी दिएका उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले दुई सय ५० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एस निकट अनेरास्ववियूका विनम सरदारले एक सय ९० तथा एमाले निकट अनेरास्ववियुका रोषन भुजेलले ४८ मत ल्याएका छन् ।

यस्तै स्ववियु सचिवमा पनि नेवि संघले नै विजयी हासिल गरेको छ । नेवि संघका सचिव उमेद्वार सुवाश खत्रीले एक सय ८२ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एस निकट अनेरास्ववियूका सुरज राजवंशीले एक सय ६९ तथा एमाले निकट अनेरास्ववियुका सन्देश पौडेलले एक सय ३५ मत ल्याए ।
कोषाध्यक्षमा भने नेकपा एस निकट अनेरास्ववियूकी उमेद्वार अनुषा अर्याल निर्वाचित भएका छन। उनले एक सय ६९ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिस्पर्धी एमाले निकट अनेरास्ववियुकी प्रतिमा रिजालले एक सय ४६ तथा कांग्रेस निकट नेवि संघकी निशा धमलाले एक सय ३५ मत प्राप्त गरे ।

यस्तै सदस्यहरु पनि सबै नेवि संघका चयन भएका छन् । सदस्यहरुमा रिया ढुंगना, सुरज राई, बरदान खड्का, अंकित चौँलागाई र सुरज चिमरीया निर्वाचित भएका छन् ।

यस्तै समानुपातिक तर्फ पनि सबैभन्दा बढी मत नेवि संघले ल्याएको छ । हिजो साँझ सम्पन्न समानुपातिक तर्फको मतगणनामा कांग्रेस निकट नेवि संघले २१७, एमाले निकट अनेरास्ववियुले ११६, एकीकृत समाजवादी निकट अनेरास्ववियूले ११०, राप्रपा निकट राप्रविसंले ३० र माओवादी निकट अखिल क्रान्तिकारीले २६ मत ल्याएका छन् ।

कुल छ सय १६ मतदाता विद्यार्थी रहेको क्याम्पसमा पाँच सय चार जनाले मतदान गरेका थिए । बिद्यार्थी भर्नाको समयका बारेमा विद्यार्थी संगठनहरू विच विवाद हुँदा चैत ५ गते निर्धारित गरिएको निर्वाचन असहज परिस्थितिका कारण अन्तिम समयमा आएर स्थगित गरी पुन चैत १० गते गराइएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु