adv

दमक एकतामा धिमाल

२४ चैत, दमक

दमक एकता युवा क्लवको भेलाले आज शुक्रबार कार्य समिति पुर्नगठन गरेको

दमक स्थित सोनालिका होटलमा भएको क्लवको भेलाले मणीराज धिमालको अध्यक्षतामा कार्यसमिति पुर्नगठन गरेको हो    

समितिको उपाध्यक्षमा हेमन्त विश्वकर्मा,सचिवमा मदन कुमार बोहोरा ,सहसचिवमा गंगा आचार्य कोषध्यक्षमा विजय धिमाललाईसर्वसम्मत चयन गरेको क्लवका प्रमुख संरक्षक केन्द्र प्रसाईले जानकारी दिए

त्यस्तै सदस्यहरुमा कैलाश बस्नेत,शारदा भटराई,शुष्मा धिमाल,राम शिवा दर्जी, शुक्र धिमाल सरीराज धिमाल चयन भएका छन्

भेलाले प्रसाईलाई क्लवको प्रमुख संरक्षक तथा सल्लाहकार चयन गरेको नवनिर्वाचित अध्यक्ष मणीराजले जानकारी दिएका छन उनले क्लवलाई टिमको साथ सहयोगमा सक्रिय बनाएर सामाजिक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे

कार्यक्रममा दमक का वडा सदस्य हुकुम चन्द्र बस्नेत,  प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल निष्कर्ष न्यूजकासञ्चालक पत्रकार विष्णु पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु