२४ चैत, दमक ।
कोशी प्रदेश खारेजी आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइँते भै मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) लाई सरकारलेसहिद घोषणा गरेको छ ।
कोशी प्रदेश खारेजीको माग गर्दै प्रदेश राजधानी बिराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा प्रहरीको बल प्रयोगबाट घाइते भइउपचारका क्रममा लिम्बूको चैत १० गते उपक्रारकै क्रममा ज्यान गएको थियो ।
उनलाई आज शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणाको निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिएको जानकारी अनुसार मृतक ४२ वर्षीय लिम्बूलाई सहिदघोषणा र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न संघीय सरकारले सहजीकरणगर्ने निर्णय भएको बताएकी छन । ‘नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुराभएको छ‘, शर्माले भनिन ।
‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ कोशी प्रदेशको नामाकरण खारेजी, लाजेहाङ्लाई सहिद घोषणालगायतको मागसहितनिरन्तर आन्दोलनमा छ।


