महेश चौरासिया
२६ चैत, जनकपुरधाम ।
भारतले आफ्नो गुलामी अस्वीकार गर्ने ठाडो निर्देशन नमान्ने लाई कि सूटर लगाएर हत्या गर्ने गरेको छ, कि चरित्रहत्या गरेरसिध्याउछ, कि चुनावमा पैसाको खोलो बगाएर मतदाता किनेर हराउछ, आजसम्म भारतले गर्दै आएको घृणित सत्य यही हो । रभारतले अहिले नयाँ गुलाम र दलाल पाएको छ, ती हुन्, जनमत पार्टीका अध्यक्ष सीके राउत ।
खासमा सीके राउत त चेसको एउटा प्यादा गोटी र सिखण्डी मात्रै हो, उनको आफ्नो कुनै एजेन्डा छैन । उनी त भारतीय ग्राण्डडिजाइनको एउटा मोहरा हुन् । उनलाई संरक्षण, परिचालन र लगानी गर्ने त मुख्यरुपले भारत र अमेरिका नै हुन् । यी दुई एजेन्सीकैनिर्देशन र लगानीमा सीकेले अहिले उपेन्द्र यादवलाई घेर्ने, हराउने र कमजोर बनाउने न्वारनसम्मको बल प्रयोग गर्न लागिपरेका छन् ।
उपेन्द्र यादवले यी दुई एजेन्सीको निर्देशन र गुलामी अस्वीकार गर्दै आएकोले उनी लगातार निशानामा पर्दै एकपछि अर्को क्षति ब्यहोर्नुपरेको छ । भारतले पटकपटक उपेन्द्र यादवको पार्टी फुटाएको जगजाहेर छ, कारण एउटै हो, उपेन्द्र यादवलाई भारतको गुलामीस्वीकार छैन । किनकी भारतले कुनै पनि हालतमा उपेन्द्र यादवलाई संसदमा प्रवेश छेक्न चाहन्छ, जसको लागि उसले सीकेराउतलाई प्रयोग गरेको छ ।
सीकेलाई अगाडि सारेर यिनै एजेन्सीहरुले सप्तरीमा पैसाको खोलो बगाए, मतदाता किनबेच गरे, र नाङगो षड्यन्त्र गरेर पराजित गरे। सीकेलाई गोटी बनाएर तिनै एजेन्सीहरुले अहिले बारामा नाङो नाच प्रदर्शन गर्दैछन् ।
सप्तरी जस्तै अहिले बारा होटलहरु मात्र होइन, भारतीय र अमेरिकी दलालहरु प्रत्येक कोठा भरिएका छन् । उनीहरु बारा क्षेत्र नं. २अन्तर्गत प्रत्येक गाउँ र घरघर पुग्दै मतदातामा जपसाविरुद्ध भ्रम छर्दैछन् । उपेन्द्र यादव पक्षधर नेता कार्यकर्ता भेट्दै पैसाको प्रलोभनदिदैछन् ।
तर, मधेशका जनतालाई भ्रमित गरी सधैभरी बेवकूफ बनाउन सम्भव छैन । सप्तरीमा रचिएको सीके र विदेशी गठबन्धनको खेलजनताले बुझिसकेका छन् ।
सीकेको सक्कली अनुहार चिनेर विदेशी एजेन्सीहरुको षड्यन्त्र चीर्न अहिले बाराका जनता तत्पर छन् । तिमीहरुको षड्यन्त्र सप्तरीमासफल भएपनि अब बारामा त्यही प्रयोग सम्भव छैन, बाराका जनता सचेत छन्, विदेशी एजेन्सी र तिनका दलालहरुको हरेक षड्यन्त्रविफल पार्न बाराका जनता तयार छन् ।


