२६ चैत, धरान ।
किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचितभएका छन ।
सुनसरीको धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबारसम्पन्न छुम्माको छैठौं महाधिवेशनबाट जिमी अध्यक्ष निर्वाचित भएका हुन । उनले८२ मत प्राप्त गर्दा अध्यक्ष पदाको प्रत्यासी रहेकी अर्का उम्मेद्वर लहरुमायाजिमीले ४४ मत पाइन ।
अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा मतदान भएको थियो । १ सय २६ मतखसेकोमा बदर मत संख्या शून्य रहेको थियो ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अन्जना ताम्ली, उपाध्यक्षमा कमन देवान, महिला उपाध्यक्षमा शान्ति देवान, महासचिवमा सोनाम याक्खा चयन भए भनेउपमहासचिवमा भरत याक्खा चयन भए।
त्यस्तै सचिवत्रयमा हेमराज जिमी, अनुप देवान र अजय जिमी चयन भए भनेकोषाध्यक्षमा मानबहादुर याक्खा र सहकोषाध्यक्ष विजय सोम्याहाङ चयन भए ।
सदस्यहरुमा क्रमश: झापाबाट इन्द्रबिक्रम देवान, भीममाया देवान र विष्णुकुमारथायुम, सुनसरीबाट धनकुमारी जिमी, देवराज जिमी र भोलामान जिमी, संखुवासभाबाट कुलबहादुर जिमी, आइतहाङ याक्खा, सीमा सोम्याहाङ, रमेशकुमार जिमी र भोला याक्खा चयन भए ।
त्यस्तै इलामबाट टोमबहादुर याक्खा र इन्दिरा देवान, मोरङबाट आनन्दकुमारीलिंखा, बम देवान र प्रतिबहादुर यक्खा, काठमाडौं उपत्यकाबाट धनबहादुर देवान, देउकृष्ण लिंखा, धनकुटाबाट छत्रबहादुर याक्खा, पशुपति याक्खा, पूर्णप्रसादलुम्बा याक्खा, पाँचछरबाट गजेन्द्र देवान चयन भएको निर्वाचन मण्डलका अध्यक्षदुर्गा लिंकाले जानकारी दिए । निर्वाचन मण्डलमा लिलामणि जिमी र सोमायाक्खा सदस्य रहेका थिए ।
निर्वाचित समितिका तर्फबाट अध्यक्ष जिमीले प्रतिवद्धता व्यक्त गरेका थिए भनेनिर्वाचित समितिलाई प्रत्यासी लहरुमाया र निर्वाचन मण्डल सदस्य एवमसंस्थापक छुम्मा अध्यक्ष लिलामणि जिमीले शुभकामना व्यक्त गरेका थिए ।
शनिबार सम्पन्न खुला सत्रमा ९ औं राष्टृय खेलकुदमा स्वर्ण पदक विजेता विध्याजिमी (भारोत्तोलन), एथलेटिक्सतर्फ ३००० मिटर र १५०० मिटरमा रजत र काश्यविजेता निला जिमी, प्याराग्लाइडिङ राष्टृय प्रशिक्षक देशवीर जिमी, याक्खासमुदायबाट प्रथम पिएचडी डा. गणेश जिमी, भवन निर्माण समिति संयोजकनेत्रबहादुर याक्खा, सदस्य मानबहादुर याक्खा, टंक याक्खा, छुम्माका प्रमुखसल्लाहकार गणेशबहादुर देवान र स्थानीय तहमा निर्वाचित याक्खा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
लिलबहादुर रोगुको अध्यक्षतामा सम्पन्न महाधिवेशनको खुला सत्र सञ्चालनमहासचिव दिपक याक्खाले गरेका थिए भने स्वागत उपाध्यक्ष लहरुमाया जिमीलेगरेका थिइन ।





