adv

संघीयता र लोकतन्त्रको रक्षाका लागि परिवर्तनको पक्षमा मतदान : अध्यक्ष यादव

२८ चैत, जनकपुरधाम ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष समेत रहेका बारा बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवलेसंघीयता लोकतन्त्रको रक्षाका लागि आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन्

उपनिर्वाचन चुनावी अभियान अन्तरगत महागढी नगरपालिकामा सोमबार आयोजित जनता दर्शन कार्यक्रमहरुलाई सम्बोधन गर्दैजसपा अध्यक्ष यादवले यस्तो बताएका हुन्

संघीयता लोकतन्त्र नै समाप्त पार्ने खेल भईरहेकोले प्राप्त उपलव्धि रक्षा गर्न एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै यादवले भने -‘विरोधी शक्तिहरुले प्राप्त उपलव्धिलाई समेत समाप्त पार्न खोज्दैछ, त्यसैले बारा का जनताले परिवर्तनको पक्षमा प्राप्तउपलब्धिहरुको रक्षाका लागि मतदान गरेर मुहतोड जवाफ दिनैपर्दछ

परिवर्तन देख्न नचाहने कुतत्वहरूले फेरि राजा ल्याउने षडयन्त्र गरिरहेकोले संघीयतामाथि प्रहार गरेर अगाडि बढ्न दाउमा रहेको कुराआमजनताले बुझ्नुपर्ने उनले बताए

जसपा अध्यक्ष यादवले जातीय द्वन्द्व सिर्जना गरी संघीयता समाप्त गराउने खेलमा लागि परेकाहरुलाई परास्त गर्नुपर्ने भन्दै अहिले मुलुकमा सामाजिक रूपान्तरणको आवश्यकता रहेको जिकिर गरे

नेपालमा आर्थिक परिवर्तनको लागि कृषि क्रान्तिको आवश्यकता रहेको उद्घोष गर्दै यादवले कृषि क्रान्तिका लागि सिंचाई, मल, बीउबीजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरि सबल बनाईए मात्र देशको अर्थतन्त्र बलियो हुने यादवले दावी गरे

मधेश विद्रोह लोकतान्त्रिक आन्दोलनकै पूरक आन्दोलन भएको भदै उनले हरेक क्षेत्रमा महिला, जनजाति, आदिवासी, मधेशी , मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेश विद्रोहबाटै सम्भव भएको बताए ।

मधेश विद्रोहले नै मधेशी समुदायलाई देशको सर्वोच्च संस्था राष्ट्रपति, उपराष्ट्रपति बनाएको स्मरण गराउँदै यादवले अधिकारकालागि लड्ने शक्तिलाई उम्मेद्वारलाई जनताले मत दिएर जिताउने विश्वास व्यक्त गरेका थिए

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व मन्त्री नेता अजय चौरासिया, जिल्ला सभापति राजेश यादव, नेता प्रमोद गुप्ता लगायतले मधेश मधेशीको पहिचानको लडाई लड्न अझै बाँकी रहेकोले भ्रमजालमा नपरी मधेश विद्रोहका नायक उपेन्द्र यादवलाई भारी मतलेजिताउन समेत आग्रह गरे

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु