adv

माङपाहाङ वंश उत्थानको ७ औ अधिवेशन सम्पन्न

सजन राई । २८ चैत्र,माङसेबुङ । वंश उत्थानमा सहभागी हौ, आफ्नो वंश र पुस्ताको खोजी गरी एक भइ अघि बढौ भन्ने मुल नाराका साथ माङसेबुङ गाउँपालिकामा माङपाहाङ राईहरुको ७ औ ऐतिहासिक अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । शनिवार माङसेबुङ-३ लाक्तापा स्थित देवालुङ मन्दिर परिसरको खुल्ला चौरमा आयोजित कार्यक्रमलाई खुल्ला सत्र र बन्द सत्र गरी सम्पन्न भएको हो ।

माङपाहाङ वंश उत्थान समितिको माङसेबुङ अध्यक्ष मनि प्रसाद माङपाहाङको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो । समितिको केन्द्रिय कोषाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि सुरज कुमार माङपाहाङ, विशेष अतिथि केन्द्रिय सदस्य नर बहादुर माङपाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिको माङसेबुङ सचिव सुरेश राईले सञ्चालन गरेको कार्यक्रममा समितिका कोषाध्यक्ष इश्वरमा माङपाहाङले स्वागत मन्तव्य राखेका थिए ।

त्यसैगरि पुरानो समितिको विघटन सँगै नयाँ समिति गठन भएको छ । समितिमा अध्यक्ष मनि प्रसाद माङपाहाङ, उपाध्यक्ष सुवास माङपाहाङ, सचिव सुरेश माङपाहाङ, सह-सचिव बिजेस माङपाहाङ र कोषाध्यक्ष इश्वरमान माङपाहाङ सहित १९ सदस्य रहेका छन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु