adv

साधना सम्मान पत्रकारिता पुरस्कारबाट दाहाल र युवा पत्रकारिता पुरस्कारबाट राजवंशी पुरस्कृत

६ वैशाख, बिर्तामोड ।नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार पहिलो पटक झापाकी क्रियाशील पत्रकार साबित्रा दाहाललाई प्रदान गरिएको छ ।

बुधबार नारी सञ्चार गृह झापाले बिर्तामोडमा आयोजना गरेकोे पद हस्तान्तरण, पुरस्कार वितरण, दाता सम्मान तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमका बीच पत्रकार दाहाललाई सम्मानपत्रसहित नगद १ लाख १ हजार १ सय राशीको सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत दाहाल झापाली महिला पत्रकारहरुको छाता संस्थाको रूपमा स्थापित नारी सञ्चार गृहको संस्थापक अध्यक्ष समेत हुन् भने प्रेस चौतारी नेपालको निर्वाचन आयोग सदस्य पनि हुन् ।
नारी सञ्चार गृह झापाले नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको सम्मानमा ‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’ स्थापना गरी वितरण गरेको हो ।
यो पुरस्कार महिला पत्रकारलाई मात्रै प्रदान गरिने नारी संचार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले जानकारी दिइन् ।
त्यस्तै सम्मानपत्रसहित नगद राशी २५ हजारको युवा पत्रकारिता पुरस्कारबाट पत्रकार सुस्मा राजवंशी पुरस्कृत भएकी छन् ।
युवा पत्रकारिता पुरस्कार महिलाको बिषयमा कलम चलाउने एक जना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको र प्रत्येक दुई वर्षमा महिला तथा पुरुष पत्रकारलाई पुरस्कृत गरिने गृहकी निवर्तमान सचिव भूमिका फियाकले बताइन् ।

नारी संचार गृहले ‘नारी सञ्चार प्रोत्साहन अक्षय कोष’ को ब्याजबाट पुरस्कार राशिको ब्यवस्था गर्ने वर्तमान अध्यक्ष रेजिना गौतमले जानकारी दिइन् । कोषमा हालसम्म ३३ लाख रूपैयाँ जम्मा भएको बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु