६ बैशाख, दमक ।
झापाको दमक ९ स्थित सरस्वती माविको ५६ औं वार्षिक उत्सव सप्ताहव्यापीमनाइँदैछ ।
बैशाख ४ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रममा विविध इभेन्ट समावेशगराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन पुरीले जानकारी दिए ।
जस अन्तर्गत ४ गते विद्यालयका दृष्टिविहीन विद्यार्थीबीच खेलकुद, ५ गतेविद्यालयका शिक्षक, पदाधिकारी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्नभएका छन् ।
त्यस्तै बुधबार विद्यालयका प्राविधिक र खुला कक्षाका विद्यार्थीबीच क्रिकेट खेलसम्पन्न गरिएको विद्यालयले जनाएको छ ।
बिहीबार अभिभावकबीच म्युजिकल हण्डीफोर खेल हुने र शुक्रबार पूर्वविद्यार्थीको कार्यक्रम रहेको अध्यक्ष पुरीले जानकारी दिएका छन्।
शनिबार विविध साँस्कृतिक कार्यक्रमसहित कार्यक्रम सम्पन्न हुने बताइएको छ ।
मैत्रीपूर्ण फुटबलमा पत्रकार ११ विजयी
यसैबीच मंगलबार विद्यालयको ५६ औं वार्षिक उत्सवको अवसरमा आयोजितमैत्रीपूर्ण फुटबल खेलमा पत्रकार ११ विजयी भएको छ ।
पत्रकार ११ को टोलीले विद्यालय व्यवस्थापन र शिक्षक सम्मिलित टोलीलाई ४–१गोल अन्तरले पराजित गरेको थियो ।
पत्रकारका तर्फबाट सुसन राईले व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए भने कप्तानकमन देवानले १ गोल गरे ।
विद्यालयको तर्फबाट लक्ष्मण पाण्डेले सान्त्वना गोल फर्काएका थिए ।



