९ बैशाख, बिर्तामोड ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाको अध्यक्षमाइन्द्रजित मुखिया सुनुवार सर्वसम्मत चयन भएका छन् ।
मुखियाको नेतृत्वमा तेस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिका उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा चिरञ्जीबी घिमिरे, सह सचिवमाभूकुमारी (भूमिका) फियाक र कोषाध्यक्षमा प्रकाश बानियाँ छन्।
त्यस्तै सदस्यहरु क्रमश: रोहित काफ्ले, विष्णु श्रेष्ठ, तिलक योञ्जन, तीर्थतिम्सिना, नारायण अर्याल, आयुष निरौला छन ।
हिमाल खरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटनसत्रमा प्रदेश खेलकुदबोर्ड उपाध्यक्ष जिना कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्षभेषराज भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रज्वलओली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा जिल्ला उसुसंघका अध्यक्ष राजेन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराजगिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चका सचिव अर्जुन राजवंशीको सञ्चालन रहेको कार्यक्रममा उपाध्यक्ष अमितखम्बूले स्वागत गरेका थिए । बन्द सत्रमा कोषाध्यक्ष राजु पौडेलले आर्थिकप्रतिवेदन प्रस्तुत गरेका थिए ।



