
दमक । लिम्बु फियाक सयङ संजुम्भोको केन्द्रीय अध्यक्षमा पुनः नरेन्द्र कुमार फियाक सर्वसम्मत निर्वाचित भएका छन् ।
संसारभर रहेका फियाकहरूको साझा संस्था लिम्बू फियाक सयडं सन्जुम्भोको शनिवार सम्पन्न चौथो महाधिवेशनले फियाकको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गजेन फियाक,महसचिवमा भूमिका फियाक, कोषाध्यक्षमा नारायणध्वज फियाक र सचिवमा नरेन्द्र कुमार फियाक निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यमा अस्मिन फियाक,भिमराज फियाक,विजु फियाक,प्रवेश फियाक,प्रेमराज फियाक,राम फियाक,सन्त कुमार फियाक,सुखमाया फियाक र विशाल फियाक निर्वाचित भएका छन् । संस्थाको विधान बमोजिम आगामी बैठकले तीन जना सदस्य मनोनयन गर्नेछ ।

