adv

दमक नगरपालिका ६० करोड घाटामा : नगर प्रमुख थापा

२५ बैशाख, दमक ।


दमक नगरपालिकाले प्रमुख रामकुमार थापाले दमक नगरपालिका ६० करोड भन्दा बढी घाटामा रहेको बताएका छन् ।

सोमबार दमक पत्रकार मञ्चको प्रतिनिधि मण्डलसँगको कुराकानीमा नगर प्रमुख थापाले नगरपालिकाको आर्थिक अवस्था बारे यस्तो बताएका हुन् ।

प्रमुख थापाले भने –‘हाम्रो नगरको आर्थिक अवस्था राम्रो छैन । ६० करोड बढी घाटामा छौं । रातो किताबमा परेका कतिपय योजना पूर्ण भएका छन्, कतिपय अन्तिम चरणमा पुगेका छन् र कतिपय योजनामा ६० प्रतिशत भन्दा बढी काम पूरा भएका छन् तर कसरी रकम निकासा दिने ? भन्नेमा समस्या भइरहेको छ ।’

पत्रकार मञ्चको प्रतिनिधि मण्डल सूचना, सञ्चार र संस्थागत सहयोगको निम्ति ज्ञापनपत्रसहित नगरपालिका पुग्दा थापाले आन्तरिक स्रोतका रूपमा अनुमानित राजश्व संकलन नभएको तथा संघ र प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने अनुदान र समपूरक बजेटसमेत २७ प्रतिशतले कटौती भएको बताउँदै नगरपालिका बिगतदेखि नै घाटामा रहेको जानकारी दिएका हुन् ।

‘दमक मात्रै नभएर यतिबेला अन्य पालिकाहरुको पनि अवस्था हेर्दा यस्तै समस्या रहिरहने हो भने ३ वर्षभित्र सबैको अवस्था दयनीय हुन्छ । त्यसैले सचेत भएर अगाडि बढ्नुपर्ने स्थिति देखिन्छ’, उनले थपे ।

दमक नगरपालिकालाई सूचनामैत्री बनाउने आफ्नो प्रयास सदैव जारी रहेको भन्दै थापाले यस कार्यका निम्ति सञ्चारकर्मी र सञ्चार क्षेत्रसँगको सहकार्यलाई जोड दिनुपर्ने बताए । उनले भने –‘स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणमा सकेको सहयोग गर्ने छौं । पत्रकार मञ्चले राखेका मागहरुलाई सकेसम्म सम्बोधन गर्ने प्रयास हुनेछ ।’

नगर सरकार सूचनामैत्री हुनुपर्ने, नगर कार्यपालिकाले गरेका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्ने, दमक नगरपालिकाले पत्रकार मञ्च दमकलाई उपलब्ध गराएको एक कठ्ठा जग्गा उपभोग गर्न पाउने पर्ने र पत्रकार मञ्च र दमक नगरपालिकाबीच पत्रकरिता पुरस्कार अक्षय कोषका निम्ति बिगतमा भएको सम्झौता नवीरकण गरी नगरपालिकाको तर्फबाट पुरस्कार अक्षयकोषमा १० लाख उपलब्ध गराउनु पर्नेलगायत माग समेटेर ९ बुँदे ज्ञापन पत्र पत्रकार मञ्च दमकको तर्फबाट नगर प्रमुख थापालाई बुझाइएको मञ्चका अध्यक्ष कमन देवानले जानकारी दिए ।

मञ्चको तर्फबाट पूर्व अध्यक्ष विष्णु पोख्रेल, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस संगठन झापाका अध्यक्ष अनिलदेव राई, नेपाल पत्रकार महासंघ झापाका सदस्य चिरञ्जीवि घिमिरेमञ्चकी उपाध्यक्ष गीता ढुङ्गाना, पूर्व सन्देश दैनिकका सम्पादक पंकज दाहाल, हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारी सहभागी थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु