adv

नागरिकता विधेयक पारित गरेर कार्यान्वयन गर्न जसपाको माग

२७ बैशाख, दमक ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले नागरिकता विधेयक पारित गरि कार्यान्वयनमा ल्याउन माग गर्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बुधबारको बैठकले संसदबाट दुई पटकसम्म पारित भइसकेको नागरिकता सम्बन्धी विधेयकअविलम्ब पारित गरी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय गरेको हो

बैठकले प्रदेश को नामाकरणविरुद्व जारी आन्दोलनमा दमन बन्द गरी पहिचानका आधारमा पुनः नामाकरणका लागिआन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्ने समेत जसपाले निर्णय गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले दिएको जानकारी अनुसार जसपाले आफ्नो विधान महाधिवेशन आउँदो असारको देखि ११ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो

जसपाले नक्कली भुटानी शरणार्थी सम्बन्धी सम्बन्धमा स्वतन्त्र तथा निष्पक्ष रूपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनीदायरामा ल्याउन सरकारसँग आग्रह समेत गरेको

बैठकले जसपाको राजनीतिक समितिमा रामकिशोर यादव (बारा)लाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु