adv

एमालेले रायमाझीलाई निलम्बन गर्यो !

२७ बैशाख, काठमाडौं ।

नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री टोपबहादुर रायमाझिलाई पार्टीले निलम्बन गरेको

आज बुधबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नेता रायमाझीलाई निलम्बन गरेको जानकारी दिएका छन्

नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी कायम गरि अमेरिका लैजान संलग्न मानव बेचबिखन काण्डमा संलग्न भएको आरोपमा रायमाझीविरुद्ध केही दिन अघि पक्राउ पुर्जी जारि भए लगत्तै उनी फरार छन्

यस अघि उनीविरुद्ध नियोजित आरोप लगाइएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीको बचाउ गर्दै आएका थिए

एमालेका सांसदहरुले सदनमै शरणार्थी प्रकरणमा जारी अनुसन्धान प्रकृयालाई विषयान्तर गराउन अन्य विषय उठाएर अल्मल्याउनेकोसिस गरेका थिए

तर, सरकारले शरणार्थी प्रकरण बारेको छानबिन नरोक्ने नीतिका साथ प्रहरीलाई अनुसन्धान कार्य जारी राख्न निर्देशन दिएसँगै आज एमलेले राज्यबाट थालिएको अनुसन्धान प्रकृयालाई सहयोग गर्न रायमाझीलाई पार्टी जिम्मेवारीबाट निलम्बन गरेको जनाएको

आज बिहान मात्रै कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई समेत प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो खाणपक्राउ परेसँगै एमाले अध्यक्ष ओलीमाथि पार्टीका शीर्ष नेताहरुबाटै रायमाझीलाई पार्टीले कार्बाही गर्नुपर्ने दवाव परेको स्रोतलेजनाएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु