adv

नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजीत मुखिया चयन

३० बैशाख,बिर्तामोड । नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजीत मुखिया चयन भएका छन् । महासंघको बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको वन्दसत्रले मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा विष्णु लामिछाने, सचिवमा नरेश खरेल, कोषाध्यक्षमा शरद जोशी, सहकोषाध्यक्षमा भारती राई रहेका छन् । त्यस्तै सदस्यहरुमा लोकेश ओली, विगम श्रेष्ठ, विष्णुकुल श्रेष्ठ र दिपेन्द्र कटुवाल रहेका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन अहोरात्र खट्नु हुने अन्य पदाधिकारी तथा सदस्यका साथै सम्बन्धित सबैलाई धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष मुखियाले निर्वाचन मण्डललाई धन्यवाद दिए । निर्वाचन मण्डलमा संयोजक निरौलासहित पुष्प खड्का र भुमिका सुब्बा रहेका थिए ।

नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष कमलप्रसाद पाण्डे (बिनोद)को अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य अमित खम्बुले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भुमिका सुब्वालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल खेलकूद पत्रकार मञ्च झापाको अध्यक्षमा निर्वाचित महासंघका उपाध्यक्ष इन्द्रजीत मुखिया र हिम्लुङ हिमाल आरोहण गर्ने महासंघका शरद जोशीलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा बिर्तामोड नगरपालिकाको सहयोगमा फोटो पत्रकारिता तालिमसमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव बिष्णुप्रसाद लामिछानेले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु