adv

लागु औषध दुर्व्यसनविरुद्ध शून्य सहनशीलता अपनाउँछौं : नगर प्रमुख थापा

३१ बैशाख, दमक ।


दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बढ्दो लागू औषध दुर्व्यसनविरुद्ध शून्य सहनशीलता अपनाइने बताएका छन् ।

आज आइतबार झापाको दमकका आयोजित एक भेलालाई सम्बोधन गर्दै नगर प्रमुख थापाले यस्तो बताएका हुन् ।

‘जनुसुकै कठिन र कठोर निर्णय गरेर भए पनि हामी लागु औषध नियन्त्रण र समाप्त गर्ने कुरामा दुढ संकल्पित छौं’, भेलालाई सम्बोधन गर्दै थापाले भने ।

लागु औषध बेचबिखन गर्ने, सेवन गर्ने र उनीहरुसँग साँठगाँठ गर्ने जो कसैलाई पनि नछाडिने भन्दै थापाले १ वर्षभित्रमा स्थिति नियन्त्रणमा ल्याउने जिकिर गरे । उनले भने –‘सर्वसाधारण, संघसंस्था, राजनीतिक दल, जनप्रतिनिधि, प्रशासनका मानिस कसैलाई पनि लागु औषध प्रयोग, बिक्रीवितरण र साँठगाँठको मामिलामा छुट दिँदैनौं । विशेष कार्यक्रम बनाएर कडाईका साथ कदम अघि बढाइने छ ।’

झापाको दमक नगरपाकिला र आसपासको क्षेत्रमा लागु औषधको कारोबार र दुर्व्यसन समस्या बिगतदेखि नै रहँदै आएको इलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।

‘प्रयोगकर्ता, बिक्रीकर्ताको समस्या बिगतदेखि नै रहँदै आएको छ । खास गरी सीमा नाका जोडिएका गौरीगञ्ज क्षेत्रबाट लुकाइछिपाई भित्र्याउने गरेको देखिन्छ’, प्रनाउ लामाले भने ।

सामुदायिक प्रहरी साझेदारी पालिका समिति गठन


झापाको दमक नगरपाकिलामा सामुदायिक प्रहरी साझेदारी पालिका समिति गठन भएको छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिका सह–संयोजकद्वयमा दमक नगरपाकिलाकी उपप्रमुख रेगिना भट्टराई प्रसार्इं र इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः दमक वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापा, इलाका प्रशासन कार्यालय दमकका प्रतिनिधि सुरेन्द्रराज दाहाल, सामुदायिक प्रहरी सेवा केन्द्र दमकका अध्यक्ष रोशन गौतम, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, दमक जेसीजका अध्यक्ष मुकेश अग्रवाल, पूर्व प्रहरी संगठनबाट मोहनकुमार बोगटी, प्याब्सन दमक नगर समितिका अध्यक्ष जनार्दनकुमार मैनाली चयन भए ।

त्यस्तै विभिन्न सामाजिक संघसंस्था र सरोकारवाला निकायका तर्फबाट क्रमशः सुमित्रा प्रसाईं, भूमिका दाहाल, कृष्ण खड्का, सुरेन्द्र श्रेष्ठ, गणेश गौतम, चन्द्र राजवंशी, दुर्गा तामाङ, राजकुमार दाहाल, गंगा सिटौला र चित्र ढकाल सदस्य चयन भएका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक जीवन कुमार गौतम समितिको सदस्य सचिव चयन भए ।

भेलाले नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंको संयोजकत्वमा सल्लाहका समिति समेत चयन गरेको छ । सल्लाहकारहरुमा नेकपा एमालेका दमक नगर अध्यक्ष गेहनाथ पोख्रेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रवि बस्नेत (कुलबहादुर), राप्रपा दमक नगर अध्यक्ष हेम सुवेदी, जसपा दमक नगर अध्यक्ष महेन्द्र चाम्लिङ, लिम्बुवान मञ्च दमक नगर अध्यक्ष याम लोरिङ्देन, लायन्स क्लबहरुको तर्फबाट विष्णु पोख्रेल, नेपाल रेडक्रम सोसाइटी उपशाखा दमकका अध्यक्ष प्रकाश बुढाथोकी र दमक उद्योग बाणिज्य संघका अध्यक्ष वा प्रतिनिधि रहेका छन् ।

हरेका पालिकाहरुमा पालिका प्रमुख वा अध्यक्षको संयोजकत्वमा जनप्रतिनिधि, सरकारी प्रतिनिधि, सञ्चारकर्मी, सरोकारवाला सामाजिक संघसंस्थालगायतको सहभागितामा पालिकास्तरीय समिति गठन गर्नुपर्ने प्रावधान छ ।

समितिको पहिलो बैठक जेठ ३ गते बिहान ७ः३० बजे दमक नगरपालिकाको सभाहलमा बस्ने निर्णय भएको समितिका संयोजक थापाले जानकारी दिए । सो बैठकले दमक नगरपालिकाका सबै वडाहरुमा वडास्तरीय समिति विस्तार गरिने बताइएको छ ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु