कविध्वज राई । सुनसरी, १२ जेठ । लायन्स क्लब इन्टरनेशनल अन्तर्गत डिष्ट्रिक्ट ३२५ सि, नेपालको २०२३÷२०२४ को लागि द्वितिय उपाध्यक्षमा लायन बबरजंग थापा किरण विजयी भएका छन् । प्रतिस्पर्धी लायन अजय अग्रवाललाई पराजित गर्दै थापा विजयी भएका हुन् ।
द्वितिय उपाध्यक्षका लागि भएको निर्वाचनमा कुल तीन सय ३६ मतमा थापाले एक सय ९४ मत प्राप्त गरे भने प्रतिस्पर्धी रहेका अग्रवालले एक सय ४२ मत मात्र प्राप्त गरे ।
शुक्रबार धरान स्थित याक्थुङ चुम्लुङको सभाहलमा सम्पन्न भएको निर्वाचन कार्यक्रममा झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुबाट लायनकर्मीहरुको सहभागिता रहेको थियो ।

