adv

आइएमई जीवन बिमाको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

१२ जेठ,दमक। आइएमई जीवन बिमा कम्पनिको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।

दमक शाखा सहित पथरि, उर्लाबारि र गौरदह शाखाको संयुक्त आयोजनामा शुक्रबार झापाको दमक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा तालिम सम्पन्न भएको हो।

कम्पनिका तालिम विभाग प्रमुख सुनिल आचार्य र डबल MDRT तथा प्रशिक्षक याम राईले अभिकर्ताहरुलाई पुनर्ताजगी सम्बन्धी प्रशिक्षण दिएका थिए । त्यसै गरी विशिष्ट अतिथि कम्पनिका प्रदेश-१ उप प्रमुख ओम प्रकाश राईले मासिक स्किमको विषयमा प्रष्ट पारेका थिए ।

त्यस्तै कार्यक्रममा रिजनल लेभल रिट्रिटमा छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा दमक शाखाबाट रुपा सेलिङ, प्रदिका चेम्जोङ र संगिता आङ्थुपो साथै उर्लाबारि शाखाबाट डम्बर कुमारि ढकाल रहेका छन् ।

यस अघि छनोट भइसकेका अभिकर्ताहरुलाई अगाडिकै कार्यक्रममा सम्मान गरिएको र जेठ महिना भरिबाट छनोट हुने अभिकर्ताहरुलाई अब हुने कार्यक्रममा सम्मान गरिने दमक शाखा प्रमुख ङिमा शेर्पाले जानकारी दिए ।

आइएमई जीवन बिमा कम्पनि दमक शाखा प्रमुख ङिमा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथ्यता कम्पनिका प्रदेश-१ प्रमुख मिलन दाहालको रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सहित आइएमई जीवन बिमा कम्पनिबाट नेपाल भरिको व्यवसायमा प्रथम चिफ एजेन्सि मेनेजर नगेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

उर्लाबारि शाखा प्रमुख विष्णु भक्त दवाडिले स्वागत गरेको कार्यक्रमको सञ्चालन पथरि शाखा प्रमुख चन्द्र राईले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु