२० जेठ, इटहरी ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति जसपाकै वरिपरि घुमिरहेको दावी गरेका छन् ।
शनिबार जसपा प्रदेश नम्बर १ समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
‘संघीयता, पहिचान, धर्म निरपेक्षता, समाजवाद, समावेशीता, सुशासन यिनै विषयआज नेपालको राजनीतिको केन्द्रमा छ‘, यादवले भने -‘यी हामीले नै उठाएकाविषय हुन् । त्यसैले राजनीति हाम्रै वरिपरि छ । चिन्ता गरिरहनु पर्ने आवश्यक छैन।‘
राजनीतिक भेटघाटका क्रममा प्रदेश १ का विभिन्न तहका पार्टी समिति र कार्घककार्यकर्ताहरुसँग र अन्तरकृयामा सहभागी भएका यादवले जसपालाई विधि र प्रकृयामा चलाउन विधान अधिवेशन गर्न लागिएको दावी गरे ।
उनले भने – ‘अबको ४ वर्षपछि पार्टीलाई बलियो स्थितिमा पुर्याउन सुदृढ पार्टी संगठन आवश्यक छ । त्यसका निम्ति स्पष्ट विधान बनाएर अगाडि बढ्नु पर्छ ।‘
जसपाले आगामी असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन आह्वानगरेको छ ।
यसैबीच जसपा अध्यक्ष यादवले प्रदेश १ मा जारी कोशी नाम खारेजी र पहिचानका आधारमा पुन: नामाकरण माग गर्दै जारी आन्दोलनलाई आधिकारिक रूपमा समर्थन र सहयोग गर्ने जसपा मात्रै एक्लो पार्टी पार्टी रहेको दावी गरे ।
आन्दोलन र आन्दोलनकारीको मनोबल उच्च राख्न जसपाले उपयुक्त समयमा प्रदेश १ सरकारबाट बाहिरिएको उनको भनाइ थियो ।
जसपा प्रदेश कार्यालय इटहरीमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष दीपक याक्खाको अध्यक्षता र मुख्य सचिव घनश्याम कट्वालको सञ्चालन रहेको थियो ।
अन्तरकृया कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रदेश सह इन्चार्ज निर्मला लिम्बू, राजनीतिक समिति सदस्यहरु जयराम यादव र सञ्जयसिंह राजपूतले बोलेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला र पालिका तहका नेताकार्यकर्ताले विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रमका बीच बारा २ मा भएको उपनिर्वचनबाट विजयी यादवलाई जसपाप्रदेश १ समितिका तर्फबाट सम्मान गरिएको थियो ।




