२६ जेठ, विराटनगर ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरका क्याम्पस प्रमुखसहित ६ जना कर्मचारीलाई त्यहाँको स्ववियूका नेताहरुलेकार्यकक्षमै थुनिदिएका छन् ।
क्याम्पसका प्रमुख बाबुराम तिम्सिना सहित ६ जना थुनिएपछि अहिले त्यहाँको माहोल तनावग्रस्त बनेको बताइएको छ ।
शुक्रबार दिउँसो क्याम्पस प्रमुख तिम्सिनासहित सहायक काम्पस प्रमुख विष्णुदेव दास, सुशिल अधिकारी, शिवनारायण चौधरी, समान्य प्रशासन प्रमुख सविना गौतम र कर्मचारी प्रशासन महाशाखाका गोपाल घिमिरेलाई विद्यार्थीका नेताहरुले थुनिदिएका थिए ।
स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सभापति जसवन्त पौडेलले क्याम्पस प्रशासनको ज्यादती विरुद्धआन्दोलन सुरु भएको उद्घोष गरेका छन् ।
सवियूलाई वेवास्था गरेर क्याम्पस प्रशासनले मनोमानीतन्त्र चलाएको आरोप लगाउँदै सभापति पौडेलले विद्यार्थीहरुको भविष्यमाथिखेलवाड गर्ने छुट कसैलाई नभएको जिकिर गरे ।
विद्यार्थी पक्षले क्याम्पस प्रशासनमाथि सम्पन्न भईसकेको स्वतन्त्र विद्यार्थी यूनियनको हिसाब किताब सार्वजनिक गर्न नगरेको, क्याम्पसको आयव्यय विवरण सार्वजनिक गर्न नचाहेको र विद्यार्थीहरुलाई प्रयोगात्मक परिक्षाको लागि पठाउनुपर्ने नम्बर नपठाएकोआरोप लगएको हो ।
यसै घटनालाई लिएर शुक्रबार अबेरसम्म क्याम्पस परिसरमा प्रहरी र विद्यार्थीहरु बीच पटक पटक झडप हुन खोजेको थियो ।


