२५ जेठ, दमक ।
झापा दमकका महिलाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको छ ।
दमक वडा नम्बर १० मा बुधबार १ सय ५५ जना महिलाहरुमा गरिएको परीक्षणमा ५ जनामा यस्तो समस्या देखिएको हो ।
परिवार रुग्णता सम्बन्धि नि :शुल्क स्वास्थ्य शिविरमा उपचार गराउन आएका मध्ये थप २ जना महिलामा पोष्ट क्यान्सरको जोखिमदेखिएको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिइन् ।
नसर्ने रोगको जोखिम दिनानुदिन बढेको भन्दै उपप्रमुख भट्टराईले बिलासी जीवन शैली परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।
शिबिरमा महिलाहरुको आङ खस्ने, पाठेघरको मुखको क्यान्सर परीक्षण, प्रसव फिस्टुला र स्तन क्यान्सरको परीक्षण गरिएको थियो।
दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजना र दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न स्वास्थ्यशिविरको उद्घाटन दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले गरेका थिए ।
प्रमुख थापाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर स्थानीय सरकर अघि बढेको दावी गरे ।
स्वास्थ्य शिबिरमा १० जनामा फिस्टुला, आङ खस्ने समस्या देखिएको, भिआईए पोजिटिभ ५ जनामा देखिएको दमकनगरपालीकाकी नर्सिङ निरिक्षक देविका न्यौपानेले पुष्टि गरेकी हुन् ।


