२९ जेठ, दमक ।

झापाको दमक नगरपालिका वडा नम्बर ८ मा सोमबार सामुदायिक प्रहरी साझेदारी वडा समिति गठन भएको छ ।
दमक ८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) को संयोजकत्वमा १५ सदस्यीय वडा समिति गठन गरिएको हो ।
विधानअनुसार सह–संयोजकमा इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक रहने व्यवस्था छ ।
सामुदायिक प्रहरी साझेदारी पालिका समिति दमकका सदस्य गणेशप्रसाद गौतमको सहजीकरणमा गठित समितिका सदस्यहरुमा क्रमशः हरीमाया चुडाल, ममता रसाइली, खेमबहादुर श्रेष्ठ, पदमप्रसाद गिरी, सन्दिप सुवेदीलगायत छन् ।
इलाका प्रहरी कार्यालय दमकका समुदाय सम्पर्क सदस्य सचिव तारावीर मग्रान्तीलाई वडा समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
सोमबार दमक नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा आयोजित एक भेलाले समिति गठन गरेको हो ।

