२९ जेठ, दमक ।

मिथिला संस्कृतीबारे जानकारी दिने र संस्कृति संरक्षणमा सहयोग पुरयाउने उद्देशयले झापाको दमकमा आयोजित मिथिला संस्कृति विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा एलाइड बोर्डिङ, झापा मोडल र सर्वोदय अंग्रेजी मावि क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् ।
मैथिली सेवा समाज दमक नगर समिति अन्तर्गतको युवा उपसमितिको आयोजनामा सोमबार दमक उद्योग बाणिज्य संघको हलमा प्रतियोगिता सम्पन्न भएको थियो ।
विजयी एलाइडकी छात्रा दिलासा संग्रौला, झापा मोडेलका छात्र प्रतीक खनाल र सर्वाेदयका छात्र प्रिपेश श्रेष्ठले क्रमशः नगद पुरस्कार ५ हजार, ३ हजार र २ हजार सहित प्रमाण–पत्र प्राप्त गरेका थिए ।
मिथिला समाज दमक नगर समितिका अध्यक्ष कृष्ण शाहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत र सामुदायिक विद्यालय गरि १९ वटा बिद्यालयबाट सहभागी थिए ।
युवा उपसमितिका सचिव बिक्रम कुमार शाहले सञ्चालन गरेको कार्यक्रमा उपसमितिका संयोजक गङ्गा देव चौधरीले स्वागत गरेका थिए ।
दमक नगर उपप्रमुख रेगिना प्रसाईं भट्टराई, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई तेली कल्याण समाज सुनसरीका अध्यक्ष अवध बिहारी शाहले कार्यक्रममा शुभकामना दिएका थिए ।
बालबालिकाहरुलाई समेत मिथिला संस्कृतिका बारेमा अतिरिक्त ज्ञान दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक गंगादेव चौधरीको भनाइ थियो ।

