adv

कमल गाउँपालिकाको बजेट ७२ करोड ३१ लाख बढी

१० असार, दमक ।


झापाको कमल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ७२ करोड २१ लाख ८० हजार रूपैयाँको बजेट प्रस्ताव गरेको छ ।

आइतबार शुरु कमल गाउँपालिकाको १३ औं गाउँसभामा अध्यक्ष हुकुमसिंह राईले प्रस्तुत गरेको नीति कार्यक्रममा आधारित रहेर उपाध्यक्ष प्रमिला न्यौपानेले बजेट प्रस्तुत गरेकी थिइन् ।

‘कृषि उत्पादनमा बृद्धि, कमलको समृद्धि’ भन्ने नारासहित कृषि उत्पादन बढाउने र शैक्षिक क्षेत्रको विकासका लागि स्थानीय सरकारले नीतिगत कार्य गर्ने बारे गाउँसभाले जोड दिएको छ ।

कृषि उत्पादन अन्तरगत तरकारी उत्पादन र दुुग्ध उत्पादनलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयहरुमा अभिभावक र विद्यार्थीको पहुँच बढाउनका लागि आमा बाबु दुबै गुमाएका साथैं बाबुको मृत्यु भई आमाको सहारामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रावृत्ति अनुदान उपलव्ध गराउने गाउँपालिकाले नीति बनाएको अध्यक्ष राईले जानकारी दिएका छन् ।

विद्यार्थीहरुको अन्तरनिहीत क्षमताको प्रस्फुटनका लागि नृत्य, खेलकुद तथा कम्प्युटर शिक्षालाई प्रोत्साहन गर्नका लागि घुम्ती शिक्षकको व्यवस्थापन गर्ने नीति लिईएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु