१० असार, दमक ।

झापाको गौरीगञ्ज गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ५२ करोड ९२ लाख ४९ हजार एक सय रूपैयाको बजेट प्रस्तुत गरेको छ ।
गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले आईतवार गाउँपालिकाको १३ औँ गाउँसभामा सो बरारको बजेट प्रस्तुत गरेकी हुन् ।
पालिकाको वडागत वजेट सिलिङ अन्तर्गत फरक फरक रकम विनियोजन गर्ने बजेटमा प्रस्ताव गरिएको छ । जसमा वडा नम्बर १ मा ५१ लाख ५० हजार, वडा नम्बर २ मा ५१ लाख ५० हजार, वडा नम्बर ३ मा ४७ लाख ५० हजार, वडा नम्बर ४ मा ४४ लाख, वडा नम्बर ५ मा ४० लाख र वडा नम्बर ६ मा ४५ लाख ५० हजार रूपैयाँ बजेट प्रस्तुत गरिएको हो ।
प्रस्तुत बजेटमा चालु खर्चतर्फ आठ करोड सात लाख रूपैयाँ र पुँजीगत खर्च तर्फ १४ करोड ३३ लाख रूपैयाँ विनियोजन गरिएको उपाध्यक्ष न्यौपानेले जानकारी दिएकी छन् ।
प्रस्तुत बजेटमा सामाजिक विकासतर्फ शिक्षामा २ करोड ५६ लाख ५४ हजार, स्वास्थ्यमा ५ करोड, आर्थिक विकासमा १ करोड ३३ लाख रूपैयाँ प्रस्ताव गरिएको हो ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा प्रस्तुत गरेकी थिइन् ।
उपाध्यक्ष न्यौपानेले आगामी आ.व. को बजेट प्रस्ताव गरेकी हुन् ।

