adv

माङसेबुङका आगलागी पीडितलाई राहत दिइयो

आगलागीबाट ५१ लाख बराबरको क्षति : प्रहरी

१२ असार, माङसेबुङ ।


इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ माङमिक्तोक्ला टोलका आगलागी पीडितलाई राहत उपलब्ध गराइएको छ ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गाउँपालिकाको तर्फबाट प्रति पीडित परिवार १० हजारका दरले राहत रकम उपलब्ध गराएका हुन् । त्यस्तै जिल्ला प्रशासन कार्यलय इलामको तर्फबाट सशस्त्र प्रहरी निरीक्षक अजय थापामार्फत तत्कालका लागि छ घर परिवारलाई १५ हजारका दरले राहत रकम उपलब्ध गराइएको हो ।

प्रशासनले बाँकी पीडित परिवारलाई राहतको निम्ति वडाको सिफारिस, प्रहरी प्रतिवेदनसहित कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

गएराति २ बजे विद्युत सर्ट भई स्थानीय हर्कबहादुर चेम्जोङको घरबाट आगो उठेको थियो । आगलागीबाट सात घर जलेर नष्ट हुँदा ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आगलागीबाट पदम इवा, चन्द्र राई, अनु नेम्बाङ, नरहाङ लावती, लोकहाङ लावती, माङगेन्ना सम्बाहाम्फे लिम्बू र हर्कबहादुर चेम्जोङको घर जलेर नष्ट भएको माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसन राईले जानकारी दिए ।

स्थानीय गाउँलेले लगातार तीन घण्टाको प्रयासबाट आगो निभाएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु