२५ असार, दमक ।
चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) रकम नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका नेपालीले यसै आर्थिक वर्षको ११ महिनासम्ममा ११ खर्ब १२ अर्ब रकम रेमिट्यान्स वापत देश भित्र्याएका हुन् ।
गत आर्थिक वर्ष ११ महिनामा भित्रिएको रेमिट्यान्स रकम भन्दा यो २२.७ प्रतिशतले बढी हो । अमेरिकी डलरमा समेत रेमिट्यान्स वृद्धि १३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ । अहिले डलरमा ८ अर्ब ५१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो ।
जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या चार लाख ५९ हजार चार सय १५ जना पुगेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । यो अघिल्लो आवको तुलनामा ४६.६ प्रतिशत बढी हो ।


